
काठमाडौँ, २७ साउन । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।
देशभर मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया