६ कार्तिक २०८३, शुक्रबार

सिरहाको भगवानपुर गाउँपालिकामा लकडाउनको घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-महेश सिंह

सिरहा, २७ साउन । सिरहाको भगवानपुर गाउँपालिकामा बन्दा बन्दीको घोषणा गरेको छ ।

कोरोना भाईरसको माहामारी बिश्वब्यापी रूपमा बिटनडा मचाएको ले समुदाय स्तरमा संक्रमित हुन बाट जोगिन गाउँपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको छ।अति आवश्यक काम बाहेक घर बाट निस्किन नहुने गाउँ पालिका अध्यक्ष बेचन प्रसाद यादवले बताए ।

श्रावण २७ गते देखि १० दिन सम्म बन्दा बन्दिको घोषणा गरेको पत्रकार समेलन मार्फद जानकारी दिनु भयो। गाउँ पालिका भित्र लागने हाटबजार समेत बन्द हुने उनले बताए ।

समाजिक दुरी कायम गरी बिहान् ८ बजे देखि दिउँसो ११ बजे सम्म अति आवश्यक औषधी पसल ,किराना पसल खोल्ने र उपभोक्ता मार्मा न पर्ने गरी गाउँ पालिकामा पसलहरु खुला राख्ने र समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान, सामुहिक भेला र पिकनिकको कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको गाउँ पालिका अध्यक्ष बेच्न प्रसाद यादवले बताए ।

गाउँपालिकाको छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको अध्यक्ष यादवले बताए ।

उक्त महामारीबाट जोगिन गाउँपालिकामा बदाबन्दीको घोषणा गरेको गाउँ पालिकाको प्रसासकिय अधिकृत दिलीप कुमार यादवले जानकारी दिनु भयो । गाउँ पालिका भित्र रहेका पसले र सर्वसाधारणहरुले अटर गरेमा कानुन बमोजिम कारवाही गर्ने यादवले बताए ।

नेपाल र भारतको खुल्ला बोडर रहेको ले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन। मानिसको भिडभाड र चहलपहल जारी नै रहेको भगवानपुर गाउँ पालिकाका नेकपा संयोजक उग्रनारायण यादवले बताए ।

बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । लकडाउनको अवधिमा राती राती व्यापारीहरु भन्सार छली गरी चोर बाटो भए थोक समान नेपाल र भारत भित्रियाउने गरेको यादवको आरोप रहेको छ ।

बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको अँखा छ्लेर घरको बेगर्ता गर्न सर्वसाधारण महिलाहरु लुकि छिपि चौरीको बाटो अपन्याएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ् ।