६ कार्तिक २०८३, शुक्रबार

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमडौँ, २७ साउन । प्रहरीले नेविसंघका ७ जना कार्यकर्तालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा पक्राउ गरेको छ ।

उनीहरुले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा तोडफोड गरेका थिए ।

नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।

नेविसंघ कार्यकर्ताले परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्ने क्रममा तोडफोड गरेका थिए ।

रेक्टरले विकल्प दिन सक्दैनौँ भनेपछि विद्यार्थीले तोडफोड गरेको बताइएको छ ।

नेविसंघले गरेको तोडफोडको अनेरास्ववियूले विरोध गरेको छ ।

अनेरास्ववियुले विद्यार्थीका नियमित काम कारबाही अवरुद्ध गर्ने गरी तोडफोड र विभागीय प्रमुखलाई धम्क्याउने जस्ता अनैतिक र अराजक काम नगर्न समेत आग्रह गरेको छ ।

‘विश्वविद्यालयमा यस्ता अराजक, अमानवीय, असंवैधानिक गैरजिम्मेवारपूर्ण कार्यप्रति हाम्रो संगठनको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी घोर भर्त्सना गर्दछ’ अनेरास्ववियुको त्रि वि कमिटीका संयोजक लोकेन्द्र ऐरीले विज्ञप्तिमा भनेका छन् ।