६ कार्तिक २०८३, शुक्रबार

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा बन्द भएको छ ।

स्थानीय तहले ७ दिन लकडाउन गरेको, प्रतिष्ठान परिसरभित्रसमेत संक्रमितहरू भेटिएकोले अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालले सूचनामार्फत जनाएको छ ।

अस्पतालको ओपिडी सेवा महामारी फैलिन नदिन रोकथाम र नियन्त्रणका लागि भोलि २८ साउनदेखि लागू हुने गरि बन्द गरिएको हो ।

अर्काे सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको जनाइएको छ ।