
काठमाडौँ, २७ साउन । उदयपुरमा मालपोतका ६ कर्मचारीसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
साउन १६ गते पहिलोपटक मालपोत कार्यालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
तिनै संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा अन्य थपमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मालपोतका कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।















प्रतिक्रिया