आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

विस्फोटपछि लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

दैनिक नेपाल २०७७ साउन २७ गते ८:२२

लेबनान, २७ साउन । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री हसनले सोमबार साँझ राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सन्देश दिँदै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

यसअघि पनि उनले लेबनानका राष्ट्रपतिलाई आफ्नो राजीनामा दिइसकेको खबर आइसकेको थियो । उनले आधिकारिक रूपमै घोषणा गरेका बिबिसीले लेखेको छ ।

प्रधानमन्त्री हसनले राजीनामा दिनुदघि उनका केही मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । हसन गत जनवरीदेखि लेबनानका प्रधानमन्त्री थिए ।

गत साता मंगलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटमा १६० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार अझै दर्जन बढी मान्छे बेपत्ता छन् ।

बेपत्ता हुनेमा अधिकांश विदेशी कर्मचारी भएको बिबिसीले जनाएको छ ।

गोदाममा भएको विस्फोटमा परी करिब छ हजार मान्छे घाइते भएको पनि जनाइएको छ। विस्फोटपछि बेरूतका सडकमा मान्छेहरू प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित