
काठमाडौँ, २६ साउन । विराटनगर महानगरपालिका वडा नं ९ मा थप ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये अधिकांश गुद्रीबजारका भएकाले उक्त क्षेत्र सिल गरिएको छ ।
यस क्षेत्रमा मानिसहरु व्यापार गर्ने गर्छन् । हालसम्म २ जना संक्रमितको मृत्यु भइसकेको र संक्रमितहरु एकै घरका ११ जनासम्म रहेको बताइएको छ ।
गुद्री बजार क्षेत्रका धेरैमा संक्रमण देखिएपछि सोमबारदेखि अनिश्चितकालका लागि त्यस क्षेत्र सिल गरिएको छ ।















प्रतिक्रिया