६ कार्तिक २०८३, शुक्रबार

गोंगबु हत्या प्रकरण : एक महिला पक्राउ, हत्या गरिएको घर फेला

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ साउन । कृष्णबहादुर बोहोराको हत्या गरी गोंगबुमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

सोमबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले कल्पना शाही नाम गरेकी महिलालाई चितवनको टाँडीस्थित माधवपुरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ति महिलालाई काठमाडौँ ल्याइँदैछ । अनुसन्धाबाट ति महिला र हत्या गरिएका बोहोरा एउटै फ्ल्याटमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान काठमाडौँको टोखा नगरपालिका १० स्थित गांगबु गणेस्थानमा हत्या गरेर सुटकेशभित्र टाउको बिना फालिएका अवस्थामा बोहरा शव फेला परेको थियो ।

टाउको भेटेपछि उनको तस्वीर सार्वजनिक गरेपछि शवको सनाखत भएको हो ।

त्यस्तै, हत्या गरिएका बोहोराका आफन्त आएपछि हत्या गरिएको घर समेत फेला पारेको प्रहरीको भनाइ छ ।

मृतक बोहोरा दाङ निवासी रहेका बुझिएको छ । उनी गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे ।