
काठमाडौँ, २६ साउन । नेपालमा पछिल्लो तध्यांकअनुसार कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३ सय ३८ जनामा संक्रमण देखिएको हो । संक्रमितहरुमा झापाका ९, खोटाङका २ र मोरङका १५ जना, धुनषाका १३ र महोत्तरीका ३, बाराका ३ र पर्साका २१ जना रहेका छन् ।
त्यस्तै, काठमाडौंका ३६ जना, ललितपुरका ४, भक्तपुरका ४, नुवाकोटका ४, रौतहटका ३१, सर्लाहीका २१ र सिन्धुपाल्चोकका १ जना, मकवानपुरका २३, र सिन्धुलीका ६ जना र पर्साका १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, अछाम, अर्घाखाँची, बागलुङ, बाँके, चितवन र दाङमा १र१, गोरखाका ३, कपिलवस्तुका ११, पाल्पा र रामेछापका १र१ जनामा कोरोना भेटिएको छ ।
कास्कीका २, पर्वत र स्याङजाका १र१, तनहुँ र नवलपरासी पूर्वका २र२ जनामा कोरोना भेटिएको छ ।
प्यूठानका १५, रुपन्देहीका १, बाँकेका ६३, बर्दियाका २, दाङका ४, कैलालीका २ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
रोल्पाका १, सल्यानका ६, र सुर्खेतका १, दैलेखका १७ जनामा कोरोना भेटिएको छ ।
त्यस्तै, बैतडीका १, सेती प्रादेशिक अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा बझाङका १ र कैलालीका ५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये मुलुकभर ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित छन् ।















प्रतिक्रिया