६ कार्तिक २०८३, शुक्रबार

समुदायमा कोरोना फैलिएको भन्दै हेटौँडामा निषेधाज्ञा जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । समुदायमा कोरोनाभाइरस संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौँडा उपमहानगरपालिका र पूर्वपश्चिम राजमार्गसँग जोडिएको मनहरी गाउँपालिकाको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । साउन ३२ गते रातीसम्मका लागि ति क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय गरिएको जनाइएको छ ।

आइतबार हेटौँडामा मात्रै १५ सहित मकवानपुरमा थप २३ जनामा कोरोना पुष्टि भएको थियो ।

दैनिक उपभोग्य सामान किन्नका लागि खाद्यान्न पसल विहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने बताइएको छ । स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयबाहेक सबै सरकारी तथा निजी कार्यालयहरु, बैंकलगायत संस्था बन्द रहने जनाइएको छ ।