
काठमाडौँ, २६ साउन । सोमबार साँझ मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ ।
बैठकमा कोरोनाभाइरस नियन्त्रणका लागि कडा निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।
यही साउन ६ गतेदेखि लकडाउनको अन्त्य भएसँगै देशमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढीरहेको छ । त्यस्तै, कतिपय क्षेत्रमा समुदायमा कोरोना फैलिएका कारण यसको नियन्त्रणका लागि प्रभावकारी कदमको निर्णय हुनसक्ने र कार्यान्वयनमा कडाइ गर्नेबारे निर्णय हुनसक्ने जनाइएको छ ।
लकडाउनपछि थप ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । सोमबार मात्रै ४ जनाको मृत्यु भएको छ भने गत २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया