
वीरगञ्ज, २६ साउन । निषेधाज्ञा उलंघन गर्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्तासँग प्रहरीको झडप भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साअगाडि प्रदर्शन गर्न लागेका विद्यार्थीहरुसँग प्रहरीको झण्डप भएको हो । झडपका क्रममा प्रहरीले नेविसंघका विकास तिवारी शेख हजरा र मनोज साहलाई पक्राउ गरेको बताएको छ ।
वीरगञ्जमा सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६बुँदे माग राखेर धर्ना दिएको थियो ।















प्रतिक्रिया