३० आश्विन २०८३, शुक्रबार

होटेलमा काम दिन्छु भनेर किशोरी बलात्कार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २५ साउन । काम दिने प्रलोभन देखाएर किशोरीमाथि बालात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको शारदा नगरपालिका–१ का ४५ वर्षीय हिमलाल बुढाथोकीले सोही नगरपालिका–१२ की १५ वर्षीया एक किशोरीलाई आफ्नो होटेलमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

साउन २३ गते बेलुका साढे ८ बजे बुढाथोकीले ती किशोरीलाई ललाइफकाई दारिमचौरको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले बुढाथोकीलाई शनिबार पक्राउ गरे पनि आइतबार मात्रै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिएको छ ।