३० आश्विन २०८३, शुक्रबार

बाढीले घर र बेलिब्रिज बगायो, वडाध्यक्षकी आमा बेपत्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २६ साउन । बुढीगंगा नदीको बाढीले आइतबार राति घर र बेलिब्रिज बगाएको छ भने एकजना बेपत्ता भएका छन् ।

बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको हो । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।

बूढीगंगा नदी बाजुरा, मार्तडीको घाँघर बस्तीमा पसेपछि उक्त क्षति पुर्याएको हो भने ६५ वर्षीया आइसेनी महत बेपत्ता भएकी हुन् । उनी बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतकी आमा हुन् ।

नदीले जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काएको छ । बाढी विभिन्न ठाउँका झोलुङे पुलहरु पनि बगाएको बताइएको छ ।