
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोल (मेट्रो कन्ट्रोल) मा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ । करीब १०० जना प्रहरी कार्यरत मेट्रो कन्ट्रोलमा २४ घण्टा नै प्रहरी ड्युटीमा खटिने गर्दछन् ।
मेट्रो कन्ट्रोल सर्वसाधारणले १०० नम्बरमा फोन गर्दा प्रहरीले फोन उठाउने ठाउँ हो ।
यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।















प्रतिक्रिया