
काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल पनि आइसोलेसनमा बसेका छन् ।
उनका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका हुन् ।
शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको हो ।
सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले बताएको छ ।
यद्यपि, उनी आइतबारदेखि आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका हुन् ।
संक्रमित पीएसओमा कोभिडको लक्षण नदेखिए पनि प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि शनिबारदेखि पार्टी अध्यक्ष प्रचण्डका पनि आइसोलेसनमा बसेका छन् । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनले सबै भेटघाट रोकेर होम आइसोलेसनमा बसेको बताएका छन् ।















प्रतिक्रिया