३० आश्विन २०८३, शुक्रबार

नेकपा फुट्न नदिन कम्मर कस्ने ६१ जना सांसदहरु को–को हुन् ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का नेतृत्वहरु पदका लागि झगडा गर्न थालेपछि पार्टी फुटतिर उन्मुख भएको भन्दै ६१ जना सांसदले हस्ताक्षर अभियान चलाएका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका ६१ जना सांसदहरूले पार्टी विभाजनलाई रोक्न र एकतालाई सुदृढ पार्न नेतृत्वलाई दबाब सृजना गर्ने उद्देशयले हस्ताक्षर अभियान चलाएका हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले शीर्ष नेताहरूलाई पार्टीको महाधिवेशनको तयारीमा जुट्न र कोभिड–१९को रोकथाममा प्रभावकारी रुपमा लाग्न आग्र गरेका छन् । पार्टीमा देखिएको अन्तरविरोधले अन्यौल बढेको छ भन्दै उनीहरुले पार्टी विग्रहको खतरा औंल्याएका छन् ।

हामीलाई पार्टी दिनुहुन्छ कि खरानी ?

पत्रकार सममेलनमा सांसद रामकुमारी झाँक्रीले अहिले शीर्ष नेताहरूका गतिविधि हेर्दा नयाँ पुस्ताले सुदृढ पार्टी नपाउने शंका बढेको बताइन् । ‘अहिले नेताहरूको जे–जस्ता गतिविधि गरिरहनु भएको छ, त्यसले उहाँहरू हामीलाई सुदृढ पार्टी दिनुहुन्छ कि खरानीमात्र बुझाउनु हुन्छ भन्ने शंका बढेको छ’, सांसद झाँक्रीले भनिन्’, ‘‘तपाईंहरू एकअर्कामा विरोध गर्नुभन्दा पुस्ता हस्तान्तरणतिर लाग्नुस् ।’

उनले पार्टीको विवाद समाधान गर्न बैठक र छलफल गर्नुपर्नेमा जोड दिइन् । ‘हामी पार्टी एकताका पक्षमा छौं । सानो पार्टी चोइट्याएर लान्छु भन्ने कसैले कल्पना नगर्नुस् सानो पार्टी चलाउन गाह्रो छ’, उनले भनिन् ।

यस्तै सांसद सुरेशकुमार राईले शीर्ष तहमा देखिएको अन्तरविरोधलाई सहयोग गर्न नसकिने बताए । पार्टी विवादमा हुने मिडियावाजी, भेला कहिँ पनि सहभागी नहुने उनको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टी एकता सुदृढ पार्ने कुरामा हस्ताक्षर गरेका हुन् ।

नेकपा फुट्न नदिन कम्मर कस्ने ६१ जना सांसदहरु को–को हुन् ? हेर्नुहोस सूची–