बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर दाङको घोराहीमा

दैनिक नेपाल २०७७ साउन २५ गते १५:३६

काठमाडौं, २५ साउन । ग्लोबल आईएमई बैंकले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले आइतबार बैंकको ४०औं एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई दृष्टिगत गरी घोराही उप–महानगरपालिका–१५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ नयाँ एक्सटेन्सन काउन्टर शुरू गरेको बैंकको भनाइ छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ वटा एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २०३ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा अन्तरराष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित