३० आश्विन २०८३, शुक्रबार

‘इनफ इज इनफ’ अभियान र २३ दिने आमरण अनसनको उपलब्धि के ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सम्झौतापछि ‘इनफ इज इनफ’ अभियान अन्तर्गतको २३ दिन लामो सत्याग्रह आइतबार तोडिएको छ ।

अभियानका तर्फबाट अनसनरत ईः लाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाएका हुन् । सरकारसँग भएको १२ बुँदे सहमतिपछि अभियानले अनसन अन्त्य गर्न सहमत भएको हो ।

पछिल्लो समय सरकारले आरडीटी परीक्षण रोकेको, पीसीआर परीक्षणलाई बढाई दायरा समेत बढाएकाले अनसन तोडेको उनीहरुले बताएका छन् ।

‘कोभिड–१९ सबल व्यवस्थापनमा केन्द्रीत सम्झौता कार्यान्वनयको पूर्ण जिम्मेवारी नेपाल सरकारले ग्रहण गर्नु निश्चय पनि सुखद घटनाक्रम भएको हो । जनहित र जनस्वास्थ्यको दृष्टिले सम्झौतामा समावेश विषयवस्तु महामारीविरुद्धको संघर्षमा सहयोगी र महत्वपूर्ण रहनेछ भन्ने अपेक्षा स्वभाविक हो’, अनसन तोडेपछि अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकार, इनफ इज इनफ र विषयगत विज्ञ विशेषज्ञ समेतको संलग्नतामा प्राप्त निष्कर्षको सम्पूर्ण श्रेय वा पालना नुहँदाको अपजस निश्चय पनि प्रधानमन्त्री, उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलगायतमा निहित छ । इनफ इज इनफ सरकारविरोधी अभियान होइन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

अनसनरत ईःलाई २३ दिनदेखिको आमरण अनसन तोडाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारी ।

अभियानले यि विषयहरुलाई आफ्नो दबाबको उपलब्धिको रुपमा लिएको छ–

१. पीसीआर परीक्षणको संख्या उल्लेखनीय रुपमा वृद्वि भएको छ । थप सरकारी प्रयोगशाला स्थापना भएको छ, निजी प्रयोगशालालाई परीक्षण गर्न स्वीकृति दिइएको छ । सरकारी स्वास्थ्य शिक्षण संस्थाका साधन श्रोत प्रयोगमा ल्याइएको छ ।

२. हवाइमार्गबाट आएका व्यक्तिलाई पाँचदिन क्वारेन्टिनमा राखेपछि अनिवार्य पीसीआर परीक्षण गरी निजको इच्छाअनुसार घर तथा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने वा राख्ने व्यवस्था भएको छ । स्थलमार्गबाट आएका व्यक्तिलाई तत्काल परीक्षण गर्ने निर्णय भएको छ ।

३. क्वारेन्टिन (होल्डिङ सेन्टर, आइसोलेसन, सामुहिक तथा होम क्वारेन्टिन) को मापदण्ड तयार भएको छ ।

४ विदेशबाट स्वदेश फर्कने नेपालीका हकमा सम्मानित सर्वोच्च अदालतको फैसला र आदेश कार्यान्वयन गर्न गराउन तदारुकता देखिएको छ ।

५. पीसीआर परीक्षणको दायरा वृद्धि भएको छ । जोखिम समूहमा रहेका सबैलाई पीसीआर परीक्षण व्यवस्था गर्न पूर्ववतः निर्देशिका परिमार्जन गरी दायरा बढाइएको छ ।

६. कोभिड–१९ पहिचानका लागि एन्टीबडी आरडीटी परीक्षण पूर्णरुपमा स्थगित गर्ने पक्षमा सरकारको तर्फबाट प्रदेश, जिल्ला र स्थानीय तहलाई निर्देशन जारी भएको छ ।

७. क्वारेन्टिनमा रहेकालाई अनिवार्य पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनःस्थापना गर्ने गराउने व्यवस्थाका लागि निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार गर्ने व्यवस्था भइसकेको छ ।

८. कोभिड १९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचार प्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको छ ।