
गाईघाट, २५ साउन । विद्युत् प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ ४ जिल्लामा विद्युत्सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको उदयपुर वितरण केन्द्रअन्तर्गत जलजलेस्थित सव स्टेसनको इनकमरमा मुसा पस्दा विद्युत् आपुर्तिमा समस्या भएका हो । सव सवस्टेसनको इनकमरमा मुसा पसेर विद्युत् सर्ट हुँदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत् प्राधिकरण उदयपुरले जनाएको छ ।
प्राधिकरण उदयपुरका इन्जिनीयर सञ्जिव कर्णका अनुसार मुसाको कारण विद्युत् अवरुद्ध भएको बताए । ‘शनिबार सवा ७ बजेको समयमा गाईघाट फिडरमा मुसा पसेर विद्युत् सर्ट गराउँदा ४ जिल्लामा विद्युत् अवरुद्ध भएको छ’, उनले भने, ‘सवस्टेसनमा विद्युत् सर्ट भइ आगो लागेकाले प्राविधिकहरु राती साढे १२ बजेतिर उदयपुर सिमेन्ट उद्योगको फिडरबाट गाईघाट फिडरमा विद्युत् सप्लाई गरेर विद्युत् आपूर्ति मिलाइएको हो ।’
जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले विद्युत् अवरुद्ध हुने जनाइएको छ । जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फको लाइन मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोशन सिंहले बताए ।
सिमेन्ट उद्योगको लाइन काटेर भए पनि रातीदेखि गाईघाटमा विद्युत् सुचारु गरिएको छ । मर्मत पूरा नहुञ्जेलसम्म जलजले र मुकुर्चीको विद्युत् सुचारु हुन पर्खनु पर्ने छ । भने खोटाङतर्फ गएको ३३ केभीए लाइन समेत केही समय उदयपुर लगायत, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत् अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।















प्रतिक्रिया