३० आश्विन २०८३, शुक्रबार

बोक्सीको आरोप लगाई कुटपिट गर्ने २ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २५ साउन । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–१ घर भई नवलपरासी देउचुली नगरपालिका–४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाल छन् ।

रामपुर नगरपालिका–८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएकाले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।