३० आश्विन २०८३, शुक्रबार

भारतद्वारा नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । भारतले नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त भेन्टिलेटर मेशिन हसतान्तरण गरे ।

नेपाल सरकारको कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको अभियानमा साथ दिन भारतले २ करोड ८० लाख भारतीय रूपैयाँ बराबरको मेशिन सहयोग गरेको बताएको छ ।

प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका छन् ।