शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोनाको लक्षण देखिएका कांग्रेस नेतासहित १ जना सुरक्षा गार्डको मृत्यु

दैनिक नेपाल २०७७ साउन २५ गते १२:५२

धनुषा, २५ साउन । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको धनुषामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना नेपाली काग्रेसका नेता हुन् भने अर्का सुरक्षा गार्ड रहेको बताइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखेपछि अस्पताल लैजादा लैजादै एक जनाना र अस्पतालमा उपचारको क्रममा अर्कोको मृत्यु भएको बताइएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनमा ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक दुबै जनाको स्वाब परीक्षण भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित