
काठमाडौं, २५ साउन । टिकटकमा भाइरल चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीजगीत ‘रातो रातो सारी’ सार्वजनिक भएको छ ।
गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजन र मिनाकै शब्द, राजनको सङ्गीत–संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समय आएका तीज गीत भन्दा फरक गीतमा पछिल्लो समय टिकटकमा अत्यधिक रुचाइएकी अकेशा निकै आकर्षक देखिएकी छिन् ।
उनी हेर्दा विदेशी जस्ती देखिन्छिन जसकारण आकर्षणको केन्द्रविन्दु बनेकी छिन् । अकेशा क्युट देखिएकी छन् भने अभिनय पनि त्यतिकै राम्रो गरेकी छिन् ।
सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृति बस्नेतको अभिनय तथा नृत्य रहेको छ ।
मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस उक्त म्यूजिक भिडियो















प्रतिक्रिया