शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बार्यन म्युनिखसँग चेल्सी पराजित, च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश

दैनिक नेपाल २०७७ साउन २५ गते १०:०५

लण्डन, २५ साउन । इंग्लिस क्लब चेल्सीमाथि शानदार जित दर्ता गरी जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले चेल्सीलाई ४–१ ले पराजित गरेको हो । पहिलो लेगमा ३–० को जित निकालेको बार्यन म्युनिख समग्रमा ७–१ को जितसहित अन्तिम ८ मा पुग्न सफल भएको हो ।

शनिबार राति भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेर सुरुवाति अग्रता दिलाए । उनले ८३ औँ मिनेटटमा व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसअघि २४ औँ मिनेटमा इभान पेरिसिक र ७६ औँ मिनेटमा कोरेन्टिन तोलिसोले बार्यनका लागि गोल गरेका थिए।

चेल्सीका लागि ४४ औँ मिनेटमा ट्यामी अब्राहमले एक गोल फर्काए । बार्यनले अब लिस्बोनमा सेमिफाइनल प्रवेशका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया
सम्बन्धित