आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बेरुतमा भएकाे बिस्फोटपछि आक्रोशित सर्वसाधारणद्वारा प्रदर्शन

दैनिक नेपाल २०७७ साउन २५ गते ९:५६

बेरुत, २५ साउन । लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि आक्रोशित सर्वसाधारणले प्रदर्शन गरिरहेका छन् ।

हजारौँको संख्यामा रहेका प्रदर्शनकारीले मन्त्रालयहरु घेराउ गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । केन्द्रीय शहीद स्क्वायर क्षेत्रबाट बन्दुकको आवाज पनि आएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मंगलबार राति बेरुतको तटीय क्षेत्र नजिक रहेको गोदाममा राखिएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा कम्तीमा १५८ जनाको ज्यान गएको छ ।

पाँच हजार मानिस घाइते भएका छन् । तीन लाख मानिस घरबारबिहीन बनेका छन् ।

लेबनान सरकारका अनुसार विगत ६ वर्षदेखि असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइटका कारण बिस्फोट भएको हो । सो बिस्फोटक पदार्थ पानीजहाजबाट बरामद गरी त्यहाँ राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित