३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीलगायत अन्य केही व्यक्तिको स्वाब परीक्षणका लागि पठाइयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रधानमन्त्री र प्रधानमन्त्रीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी शुक्रबार परीक्षणका लागि पठाइएको हो ।
स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही संक्रमण पुष्टि भएको आधारमा प्रधानमन्त्री र अन्य केहीको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएको प्रधनामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।