३० आश्विन २०८३, शुक्रबार

अभिनेता अनमोल केसीलाई कोरोना संक्रमणको आशंका

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । अभिनेता अनमोल केसीले कोरोना संक्रमणको आशंका गर्दै पीसीआर टेष्ट गराएका छन् ।

केही दिनअघि एउटा स्कुटरको विज्ञापन छायाँकन गरेका अनमोलले आफू संक्रमितको ट्रेसिङ्गमा परेपछि परीक्षण गराएको बताएका छन् ।

उक्त विज्ञापनको युनिटमा रहेका एक सदस्यलाई कोभिड–१९ पोजेटिभ देखिएपछि उनले पनि आफूलाई संक्रमणको आशंका गरेका हुन् । यूनिटकै परीक्षण गर्ने क्रममा अनमोलको पनि परीक्षण गरिएको हो ।

दुई दिनअगाडि परीक्षण गराएका अनमोलको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।