
काठमाडौं, २३ साउन । वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालले बताएको छ । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ । अस्पतालका २ जना चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।
यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको थियो ।















प्रतिक्रिया