
काठमाडौं, २३ साउन । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनले अत्यावश्यकबाहेक अन्य सेवा नदिने बताएका छन् ।
तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा केही दिन अत्यावश्यक सेवा मात्रै प्रवाह गर्ने निर्णय गरेका हुन् ।
या निर्णय कम्तीमा पनि १५ दिन लागू हुने छ । १५ दिनसम्म अवस्था यस्तै रहे थप निर्णय गरिने बताइएको छ । उपत्यकाकै अन्य सरकारी कार्यालयहरुको हकमा भने सम्बन्धित कार्यालय प्रमुखले गर्ने निर्णयमा भर पर्ने पनि उनीहरुले जानकारी दिएका छन् ।
उनीहरुको निर्णयअनुसार अत्यावश्यक शान्ति सुरक्षाबाहेक अन्य सेवा सेवा १५ दिन बन्द गरिने भएको छ । सीडीओहरुको बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय पनि गरेको छ ।















प्रतिक्रिया