बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

विष्णु रिमालले नारायणकाजीलाई भने– नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुस् !

दैनिक नेपाल २०७७ साउन २३ गते १४:०४

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीमा मुख्य सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिष्टक पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गुटबन्दकिो आगोमा नेताहरुलाई नपोल्न आग्रह आग्रह गरेका छन् ।

पार्टीभित्रको विधि र पद्धतीको हवला दिँदै प्रवक्ता श्रेष्ठले नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक बनेको आरोप रिमालले लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत रिमालले लेखेका छन्, ‘नारायणकाजी श्रेष्ठजी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् !’

रिमालले श्रेष्ठलाई मेन्सन गर्दै अगाडि लेखेका छन्, ‘पार्टी एकताबिरूद्धका कुनै पनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस् !!!’ भनेर चेतावनी समेत दिएका छन् ।

रिमालले आफ्नो ट्विटको अगाडि ‘इनफ इज इनफ’ लेख्दै श्रेष्ठप्रति यो कडा टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित