
चितवन, २३ साउन । नौबीसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीमा बिहीबार राती खसेको पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रबार बिहानबाट सञ्चालनमा आएको हो ।
थप पहिरो नखसे शुक्रबारै पहिरो पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको प्रहरी चौकी मझिमटार धादिङले बताएको छ ।















प्रतिक्रिया