
विराटनगर, २३ साउन । विराटनगरको कोशी अस्पतालमा शुक्रबार ५८ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
विरागनगर–९ घर भएका ति पुरुषलाई एक सातादेखि ज्वरो, खोकी र स्वासप्रस्वासको समस्याले सताएको थियो । निमोनियाको आशंका गर्दै शुक्रबार मात्रै अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार शुरु गरेको थियो । तर, उपचार प्रक्रिया शुरु नहुँदै उनको प्राण गएको बताइएको छ ।
कारोनाको समेत लक्षण देखिएको मृतकको स्वाब परीक्षण भइरहेको छ । दिउँसो सम्मा रिपोर्ट आउने अस्पतालले बताएको छ ।















प्रतिक्रिया