सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सत्तारुढ दल ‘श्रीलंका पिपुल्स पार्टी’ एक्लैलाई करीब दुई तिहाई मत प्राप्त

दैनिक नेपाल २०७७ साउन २३ गते ११:३४

श्रीलंका, २३ साउन । श्रीलंकाको सत्तारुढ दल ‘श्रीलंका पिपुल्स पार्टी’ पार्टी उक्लैले करीब दुई तिहाई मत प्राप्त गरेको छ ।

त्यहाँको निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको आम निर्वाचाको अन्तिम मत परिणामअनुसार राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ ।

उनीहरूको गठबन्धनमा रहेका दलले थप ५ सिट पनि जितेका छन् । कोरोना भाइरसको महामारीबीच दक्षिण एशियामै पहिलोपटक सम्पन्न भएकाने आम निर्वाचनमा ७१ प्रतिशत मतदान भएको बताइएको छ ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए । राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए ।

संसदमा दुईतिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु ६ महीनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए । तर, कोरोना भाइरसका कारण चुनाव दुई पटक सरेको थियो ।

श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ ।

प्रतिक्रिया
सम्बन्धित