आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा टिकटक र वीच्याटमाथि प्रतिबन्धको घोषणा

दैनिक नेपाल २०७७ साउन २३ गते ११:१४

काठमाडौं, २३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् ।

आज शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

करीब दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभजीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन् ।

यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ । राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरीद प्रक्रिया ४५ दिनअगावै सक्नु पर्ने बताइएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो । पछि उसले म्यूजिकल्ली नामको अर्को एप किनेको थियो । टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ । तर, चिनियाँ यो एप चीनमै भने प्रतिबन्ध नै छ ।

विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित