३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य १ लाख ३ हजार ५०० पुग्यो, शुक्रबार पनि नयाँ रेकर्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै शुक्रबार १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ ।

बिहीबारको तुलनामा १ हजार रुपैयाँले वृद्धि भइ सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको हो । बिहीबार प्रतितोला ११ सय रुपैयाँले वृद्धि भइ १ लाख २ हजार ५०० रुपैयाँमा सुन कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यले पनि आज शुक्रबार रेकर्ड बनाएको छ । चाँदी तोलामा ६० रुपैयाँ बढेर तोलाको १ हजार ४०५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको मूल्य अहिलेसम्मकै महँगो तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले बताएको छ ।