३० आश्विन २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकले खोल्यो मुगुको गमगढीमा नयाँ शाखा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । ग्लोबल आईएमई बैंकले बिहीबार मुगुको छायाँनाथ गाँउपालिका–२ गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५८ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर, राजस्व संकलन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको छ ।

बैंकले ७१ ओटा जिल्लामा फैलिएको २५८ ओटा शाखा सञ्जालसहित २३४ ओटा एटीएम, ३९ ओटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २०३ ओटा शाखारहित बैंकिङ सेवा र ३ ओटा अन्तरराष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।