
काठमाडौं, २२ साउन । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली समेत संक्रमणको उच्च जोखिममा परेका छन् ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवमा संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीमा पनि संक्रमणको आशंका गरिएको हो ।
संक्रमित यादव ५ दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तित्वसँगको बैठकमा सहभागी रहेका कारण उत्तः बैठकमा सहभागी प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुमा पनि कोरोना संक्रमणको आशंका पैदा भएको हो ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित विभिन्न प्रदेशका गृहमन्त्रीसमेत बैठकमा सहभागी रहेको बताइएको छ ।
१६ साउनमा बालुवाटारमा बैठक भएको र त्यहाँ यादव सहभागी रहेको दाबी गरिएको छ । प्रदेशलगायतका विविध क्षेत्रको सुरक्षा सन्दर्भमा बैठक भएको थियो ।
यद्यपि, प्रधानमन्त्रीमा प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वाब परीक्षण गत शनिबार नै भइसकेको बताएका छन् ।















प्रतिक्रिया