आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोनाको उपचार गराइरहेका ८ जनाको आगलागीबाट ज्यान गयो

दैनिक नेपाल २०७७ साउन २२ गते १३:२३

काठमाडौं, २२ साउन । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार गराइरहेका ८ जनाको आगलागीमा परी जलेर मृत्यु भएको छ ।

भारतको गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको हो ।

गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा कोरोना संक्रमित राखिएको अस्पतालमा आगलागी हुँदा ति संक्रमितका मृत्यु भएको हो ।

बुधबार राति ३ बजेतिर लागेको आगो १ घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अहिले त्यहाँका अरु ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना संक्रमित हुन् ।

प्रतिक्रिया
सम्बन्धित