३० आश्विन २०८३, शुक्रबार

घर फर्किएका ८ जनामा फेरि देखियो कोरोना संक्रमण, आइसोलेसनमा राखेर उपचार शुरू

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २२ साउन । आइसोलेसनमा बसेर निको भइ घर फर्किएका कर्णालीका ८ जनामा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ ।

जुम्ला र दैलेखका ४÷४ जनामा फेरि संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार ८ जनामा पुनः कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ६९ जना नै निको भएर फिर्ता भएपछि जुम्ला कोरोनामुक्त जिल्ला घोषित भएको थियो । तर, निको भएर पठाएकै व्यक्तिमा फेरि परीक्षण गर्दा कोरोना दिएको हो ।

बाहिरबाट जुम्ला भित्रिएकामध्ये ४ हजार ९१२ जनाको पीसीआर परीक्षण गरिएको जस्मा ६९ जनामा संक्रमण देखिएको थियो ।