३० आश्विन २०८३, शुक्रबार

सैनिक जवान, बैंकर्स र चिकित्सकसहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २२ साउन । पर्सामा नेपाली सेनाका सात जना जवान, बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पछिल्लो परीक्षणअनुसार ६ जना महिलासहित थप ४३ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये रौतहट र बाराका तीन जना छन् भने अन्य ४० जना पर्साकै हुन । यस्तै ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् ।

संक्रमितमध्ये पर्साको पकहामैनपुर गाउँपालिका र पोखरिया नगरपालिकाका १/१ जना छन् भने २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने मानिसहरु छन् ।

सङ्क्रमितमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपीडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।