
सुर्खेत, २२ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले श्रीखण्ड र रक्तचन्दनलगायत बहुमूल्य जडीबुटीहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार प्रतिकेजी श्रीखण्डको रू. ३ हजार, रक्तचन्दनको रू. २ हजार, कपुरको रू. २ हजार ५०० र तेजपत्ताको रू. १ हजार मूल्य तोकिएको छ ।
यस्तै लप्सी, टिमुर र बकाइनोको प्रतिकेजी रू. ३/३ सय, रुद्राक्ष प्रतिगोटाको रू. २००, सर्पगन्धको रू. ५०० मूल्य तोकिएको छ ।
त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको रू. २५, उन्नत जातको चिली प्रतिगोटाको रू. १०० निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ ।















प्रतिक्रिया