३० आश्विन २०८३, शुक्रबार

बझाङ र पर्वतमा फेरि देखियो सलहको झुण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । बझाङ र पर्वतमा फेरि सलह देखिएको छ ।

धेरै दिनपछि बुधबार बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा झुण्ड देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले बताएको छ ।

बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको केन्द्रको भनाइ छ । तर, झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना नरहेको अनुमान पनि केन्द्रले गरेको छ ।

पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड मौसममा आएको सुधारसँगै फेरि बालीनालीमा देखिन थालेको छ ।