आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

फेसबुकले किन हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस ?

दैनिक नेपाल २०७७ साउन २२ गते १०:३०

अमेरिका, २२ साउन । सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेखेको कोरोना भाइरससम्बन्धी पछिल्लो स्टाटस हटाएको छ ।

कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलोपटक हटाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकको भनाइ छ ।

ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उक्त अन्तर्वार्तामा उनले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको अभिव्यक्ति दिएका थिए ।

ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्यभन्दा विपरीत भएको भन्दै फेसबुकले स्टाटस हटाएको बताएको छ ।

राष्ट्रपति ट्रम्पले कोरो भाइरससम्बन्धी तथ्यहीन कमजोर तर्कहरु गर्दै आएका छन् । यसैले उनलाई पटक–पटक विवादमा तानिरहेको छ ।

तर, कोरोना संक्रमणकै कारण अमेरिकामै सबै भन्दा धेरै मानिसको ज्यान गएको छ ।

हालसम्म अमेरिकामा करीब ५० लाख मानिस कोरोना भाइरसबाछ संक्रमित भएका छन् भने १ लाख ६१ हजार ६०१ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

विश्वभर अहिले १ करोड ८९ लाख ७७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ७ लाख ११ हजार २२० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित