आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बेरूतमा विस्फोटक पदार्थ राखेकाे गोदाममा विष्फोट, ७८ जनाकाे मृत्यु

दैनिक नेपाल २०७७ साउन २१ गते १०:१७

बेरूत, २१ साउन । मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको रोयटर्सले जनाएको छ।

विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ। लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो।

लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्।

घटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्।

त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित