
काठमाडौं, २१ साउन । आज बुधबार देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।
पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध महाशाखाले अनुरोध समेत गरेको छ ।
यद्यपि, मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ सरेको र स्थानीय वायु समेत मिसिएकाले कतै कतै भने एकैछिन ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।
यस्तो अवस्थामा नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्ने बताइएको छ ।
यस्तै बुधबार राति देशका धेरैजसो ठाउँको मौसम सामान्य बदली भई प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।















प्रतिक्रिया