
काठमाडौँ, २० साउन । सत्तारुढ नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ ।
बालुवाटारमा भइरहेको छलफलमा नेकपाका नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
पार्टी भित्रको विवाद समाधानका लागि उनीहरुबीच पटक पटक गरेर छलफल भइरहेको छ । यद्यपि केही ठोस निष्कर्ष निस्केको छैन । आजको बैठकलाई पनि त्यसकै निरन्तरताका रुपमा हेरिएको छ ।















प्रतिक्रिया