
काठमाडौं, २० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री खरीदमा अनियमिता गर्ने पत्ता लगाई कारबाही गर्न माग गरेका छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको जनस्वास्थ्य विज्ञसहितको बैठकमा आफ्नो धारणा राख्ने क्रममा देउवाले यस्तो माग गरेका हुन् । सरकारको हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न ओलीलाई आग्रह गर्दै देउवाले भने, ‘स्वास्थ सामग्री खरीदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारबाही गर्नु पर्छ ।’
नेपाली कांग्रेसले विगत देखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा काम गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै देउवाले आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गर्न पर्ने, पीसीआर परीक्षणमो जोड दिँदै एउटै प्रदेशमा १ लाख नयाँ परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
यसतै स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध, अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता दिनुपर्ने, । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्नुपर्नेमा पनि देउवाले जोड दिएका छन् ।
कोरोना भाइरसको उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्नु पर्ने पनि उनले बताएका छन् ।















प्रतिक्रिया