शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाबाट भारतमा ३८ हजार ९३८ जनाको मृत्यु, संक्रमितको संख्या करीब १९ लाख

दैनिक नेपाल २०७७ साउन २० गते १५:२४

फाइल तस्वीर

काठमाडौं, २० साउन । कोरोना संक्रमणबाट छिमिकी मुलुक भारतमा हालसम्म ३८ हजार ९३८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको हो ।

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतका ५२ हजार ५० जना संक्रमित फेला परेका छन् । योसँगै भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको छ ।

भारतको केन्द्रीयय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार कोरोना भाइरस सङ्क्रमितमध्ये १२ लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित