शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

४ दिनदेखिको अविरल वर्षाका कारण दक्षिण कोरियामा १३ जनाको मृत्यु, १३ जना बेपत्ता

दैनिक नेपाल २०७७ साउन २० गते १४:२०

सियोल, २० साउन । दक्षिण कोरियामा विगत ४ दिनदेखिको अविरल वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो ।

भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् । उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत १ हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करीब ५ हजार ७५१ हेक्टर जमीन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।

वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले बताएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित